अफगानिस्तानको लेगमन प्रान्तमा गराइएको बम विष्फोटमा गुप्तचर उपप्रमुखसहित २३ जनाको मृत्यु


अफगानिस्तानको राजधानी काबुलबाट पूर्वमा पर्ने स्थानमा रहेको एउटा मस्जिदमा गराइएको विष्फोटनमा परी अफगानिस्तानका गुप्तचर उप–प्रमुख अब्दुल्लाह लेग्मनी मारिएका छन्। सो आक्रमणमा परी अन्य बाइसजना पनि मारिएको जानकारी पाकिस्तानी सुरक्षा अधिकारीहरुले दिएका छन्। लेहमन प्रान्तको मेतार लाम भन्ने स्थानमा रहेको मस्जिदमा गराइएको सो विष्फोटनका लागि तालिबानले जिम्मेबारी दावी गरेको छ। अफगानी तालिबानका प्रवक्ता जविल्लाहा मुजाहिदले लक्षित आत्मघाती आक्रमणमा लेग्मनी मारिएको बताएका छन्। राष्ट्र संघले अफगानिस्तानमा हुनेगरेको अफिम उत्पादनमा बीस प्रतिशतले गिरावट आएको प्रतिवेदन सार्वजनिक गरेको एक दिनपछि यो आक्रमण गरिएको छ।