प्रेस बक्तब्य
सिङगो मुलुक नै संबिधान निर्माण र शान्ति प्रकृयालाई तार्किक निस्कर्समा पुर्यायर देसमा दिगो शान्ति कायम गर्ने दिसा तर्फ जुटिरहेको सन्दर्भमा मुलुकको सबैभन्दा ठुलो पार्टी एबं संबिधान सभाको जननी ए.माओवादीका कार्यकर्तामाथि श्रङखलाबद आक्रमणगरी संबिधान निर्माण र शान्ति प्रकृयालाई अबरुध पारी मुलुकलाई दक्षिणपन्थी खाडलमा जाकेर पुन: द्वन्दको स्थिती सिर्जना गर्ने जुन किसिमका हर्कतहरु देखापरीरहेका छन त्यसबाट ए.माओवादीलाई सिध्याउने, संबिधान बन्न नदिने र संबिधनसभा भङग गरी देसलाई फेरी पस्चगमन तिर फर्काउने षड्यन्त्रको गन्धको आभास प्रस्ट देखिन्छ वर्तमान कठपुतली सरकारको गठनभएदेखि नै तीब्र पारिएको पार्टीका नेता-कार्यकताको शृङ्खलाबद्ध हत्या कुनै संयोग मात्र नभई सरकारकै संलग्नतामा भयको कुरा कतिपय तथ्यहरुले नै प्रमाणित गरेका छन्। गत शुक्रबार राति सिराहको मलनियाखोरी गाविसस्थित महादेवा गाउँमा पार्टीका मिथिला राज्यसमिति सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासंघका मिथिला संयोजक रामअयोधी यादवलाई गोली हानी कायरतापूर्ण हत्या गरेको घटनाले हामीलाई स्तब्ध तुल्याएको छ ।तेसैले जनसंबिधान निर्माण गर्ने पार्टीको महान अभियानमा जुटिरहेका कार्यकर्ता माथि भईरहेको आक्रमणप्रती घोर निन्दा र भर्त्सना गर्दै क. रामअयोधी यादवप्रती हार्दिक श्रद्धााजली प्रकट गर्नुका साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै क. रामअयोधी यादवलाई शाहीद घोषणा र उहाँको परिवारलाई क्षतिपुर्तीको समेत माग गर्दै प्रतिकृयाबादीहरुको संबिधान बन्न नदिने र शान्ति प्रकृयालाई भङग गर्ने दिवा स्व्प्नलाई पुरा हुन नदिन अत्यन्तै संयम भइ संबिधान निर्माण गरी शान्ति प्रकृयालाई निस्कर्समा पुर्याइ मुलुकमा दिगो शान्ति कायम गर्न संगठित भयर लाग्न ए.माओवादीको प्रबास अन्तर्गत जनबर्गिय संगठन नेपाली जनप्रगतिसिल मन्च यू ए इ सबैलाई हार्दिक अपिल गर्दछ।
क्रान्तिकारी अभिबादन सहित
उपाध्यक्ष सचिब
उत्तम अधिकारी तारानाथ नेउपाने
"I walk slowly, but I never walk backward"
TN Neupane
00971502417829
Dubai
UAE



