कायममुकायम जिम्मेवारी दिने पूर्ववर्ती एकीकृत माओवादी नेतृत्वको मन्त्रिपरिषद्को निर्णयलाई खारेज गर्ने निर्णय आफूले स्वीकार्ने बलाध्यक्ष रथी कुलबहादुर खड्काले बताएका छन्।
'सरकारको निर्णय २४ घन्टापछि मात्र परिपक्व भएर निस्किन्छ। त्योभन्दा अगाडि मुख्य सचिवबाट पत्र पढेपछि मात्र विस्तृत प्रतिक्रिया दिन सकिएला' बलाध्यक्ष रथी खड्काले सरकारको निर्णयको केही घण्टापछि नागरिकसित भने 'मैले हालेको भोटको आधारमा बनेको सरकारको निर्णय मेरोका लागि शत प्रतिशत मान्य हुनेछ। पहिले पनि सरकारको निर्णय मानेकै थिएँ अहिले पनि मान्छु।'
३९ वर्षे सेनिक सेवाको उत्तराद्र्धमा आफूसँग नजिक भएका साथीहरुबाट नचाहिदो किसिमले चरित्रहत्या गर्न खोजेको भन्दै रथी खड्काले दुखेसो पोखे। उनले भने 'म एक अर्थमा भोलि-पर्सि अवकाश हुँदैछु अर्कोतिर ममाथि कारबाहीको कुरा आइरहेको छ। यो मेरोका लागि संवेधनशील कुरा हो।'
अवकाशप्राप्त जीवनमा राजनीतिक गर्ने कुनै सोच नभएको खड्काको भनाइ छ। ' कृषकको छोरा कृषीमा बढी अभिरुचि छ कृषिको लाइफ-सर्कल हेर्छु होला। म सिपाही हुँ त्यो भन्दा बढी के गर्न सक्छु र। त्यस वेलामा विगतका तीतामिठा अनुभवचाहिँ सम्झनेछु।'



