अज्ञात हतियारधारीले बुधबार राती रुपन्देही र नवलपरासी जिल्लाको सिमानामा पर्ने तुरिया नदीमा गोली प्रहार गरि एक मजदुरको हत्या गरेको छ ।
प्रहरीका अनुसार, रुपन्देहीको पर्रोहा गाविस-६ मुर्गिया निवासी ४५ बषिर्य राजेन्द्र पौडेलको हत्या भएको हो ।
तुरीया नदीमा पुल निर्माण कार्यमा संलग्न पौडेललाई राती सुतेको बेला हत्याराले कञ्चटमा गोली प्रहार गरेको थियो ।



