मन्त्रालय बाँडफाँटका सहमति जुटाउन सत्ता साझेदार मधेसी मोर्चाका तीन दलसहित एमाले र कांग्रेसको मगंलबारको बैठक सहमतिको नजिक पुगेर टुङ्गएिको छ । सहमति जुटाउन दिनभर सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठक मन्त्रालय भागबन्डामा सहमतिको नजिक पुगेर टुङ्गएिको र बुधबार मन्त्रीपरिषद्ले पूर्णता पाउने सहभागी दलका नेताहरुले बताएका छन् ।
बुधबार मन्त्रीपरिषद्लाई पूर्णता
बैठक सहमतिको नजिक पुगेर टुङ्गएपनि मंगलबार नै दलहरुले मन्त्रालयको भागबन्डा भने गर्न सकेनन् । बैठकबाट निस्किएपछि उपप्रधानमन्त्री तथा फोरम संसदीय दलका नेता विजयकुमार गच्छदारले बैठक सकारात्मक रहेको र बुधबार सबै पाँच दलका शीर्ष नेताबीच फेरि छलफल गरेर मन्त्रीपरिषद्लाई पूर्णता दिन सहमत भएको प्रतिक्रिया दिए । उनले आफ्ना मागलाई सम्बोधन गर्न प्रधानमन्त्री पनि सहमत भएको र एक चरणमा बुधबार शीर्ष नेता छलफल पछि झन्डै महिना दिनदेखि पूर्णता पाउन नसकेको मन्त्रीपरिषद्ले पूर्णता पाउने बताए ।
एमाले नेता तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार रघुजी पन्तका अनुसार बुधबार बिहान पाँच दलका शीर्ष नेताबीचको छलफलमा पनि सहमति भए बुधबार नै मन्त्रीपरिषद्ले पूर्णता पाउने थप मन्त्रीहरुको सपथ ग्रहण हुनेछ । उनले दलहरु लगभग सहमतिसम्म पुगेको र राजनीतिक किचलो सकिएको बताए ।
मंगलबारको सत्ता साझेदार पाँच दलको बैठकमा बुधबार बिहान शीर्ष दलका नेता बीच छलफल गरेर बुधबार नै नयाँ मन्त्रीहरुको सपथ गर्ने र मन्त्रीपरिष्दलाई पूर्णता दिने सहमति भएको छ ।



